Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करोड खर्च पछि स्ट्रिङ्ग अपरेशन अवैध

काठमाण्डौ । खरदार र मुखीया पक्रेर करोड खाने सँग आफै घुस खाने अख्तीयारका अनुसन्धान अधिकृतहरुको गैर कानूनी धन्दा सर्वोच्चले खारेज गरेको छ । लुटाहाका नायक लोकमान सिहं कार्कीको समयमा शुरु भएको स्ट्रिङ्ग अपरेशनले करोड खाने दीप बस्न्यात र राजनारायण यादव पनि कारबाहीको झयाग्लो बेर्होदैछन् । यीन माथी कारबाही टुङ्गिएको छैन । प्रधानमन्त्रीका विश्वास प्राप्त गोकूल वास्कोटाको रु ७० करोड काण्ड अख्तीयारले दबाएको धेरै भयो । पैसो कवोल भयो लेनदेन बाँकी थियो । बास्कोटाको भिडियो क्ल्पि यो बेला पनि चम्केको छ । जुनबेला बास्कोटालाई भ्रष्टचारको छानबीन गर्ने संसदको सार्वजनिक लेखा समितिको सदस्य उनै भएका छन् ।

ठूला भ्रष्टचारीहरुले पैसा उठाएर सर्वोच्चका प्रधानन्यायधिससम्म वृफकेश पर्याएको चर्चा थियो । राणाकै नेतृत्वको इजालसले त्यस्तो फैसला गरेको हो । स्ट्रिङ्ग अपरेशनलाई कानून सम्बन्ध नमान्ने फैसला गराउन त्यो खर्च गरिएको थियो । अख्तियारले कोरोना महामारीको फाइदा उठाएर झण्डै २ अर्ब भ्रष्टचार गर्र्ने प्रमओलीको टीमका इश्वर पोख्रेल, भानुभक्त ढकाल, ओम्नी समूह मात्र होइन सेक्युरिटी प्रेस ल्याउने ठेक्का पाएको ओम्नी समूह नेपाल ट्रष्ट र राष्ट्रिय निकुन्जको जमिन हडप्ने थामसेर्कु समूहलाई छँुदैन । प्रमका प्राविधिक विज्ञ अस्कार अलिमियाले मच्चाएको लुटको छानबीन गर्दैन । आफै सचिव हुँदा अख्तियार प्रमुख प्रेम राईले आयल निगमको जमिन खरिद काण्डमा मच्चाएको लुटको छानबीन गर्ने कुरा भएन ।

बार्हडवडीको भुत्तानी छानबीन भयो भ्रष्टचार छ भन्दै गर्दा प्रधानमन्त्रीले समेत ढाकछोप गरे । ओली सरकार बनेपछि देशमा नीतिगत लुट चम्केको छ । रु ५ करोडसम्मका योजना प्रम आफैले लगेका छन् । सिक्टा सिचाइ भेरी बगइ सिचाँइ आयोजना, विद्युत प्राधिकरणको ट्रान्स मिसन लाइनको ठेक्कामा लुट चम्कियो । मानव तस्करहरुलाई तह लगाउदा मन्त्री फेर्ने श्रमका महानिर्देशक फर्ने जस्ता काम भएका छन् । स्ट्रिङ्ग अपरेशनमा ५्७ हजार घुस अख्तियारबाट पठाएर रंगेहात पक्राउ गर्ने अभियान निकै लोकपृय थियो । तर कानून सम्बत थिएन । अख्तियारको थुनामा रहेकाहरुलाई समयमा अदालत लगिदिन पनि प्रहरीले बोनस् खोज्ने गर्छ । अख्तियार भित्रैको घुस लेनदेन स्ट्रिङ्गमा पर्दैन । अख्तियार पनि बदनाम छ ।

त्यहाँ शुद्ध दुधले नुहाएको आयुक्त छैनन् । पे्रम राई आफै शुद्ध छैनन् । उनले कार्यलयमा आफ्ना बारेमा लेखिएका पत्रपत्रिका प्रतिबन्द लगाएका छन् । उनको पौरख छाप्ने पत्रिका अख्तियारमा प्रवेश गर्न दिईएको छैन । खरदार र सुब्बा पक्राउ पर्दा हल्ला चलाउने करोड खाने ठालुहरुसँग लेनदेन गर्ने अख्तियार अहिले निकै चर्चामा छ । अदालतले त्यस्तालाई माफी दियो । त्यो माफी दिलाउन ठूलो रकममा थुनिएका इन्जीनीयर, आयोजना प्रमुखहरुले उठाएर प्रधानन्यायधिससम्म पैसा पुर्याएको चर्चा थियो । स्ट्रिङ्गले जागिर गुमाएका धेरै थिए । तीनको जागीर जोगियो । अब भने तीनै छाडा भए भने कारबाही कस्तो हुन्छ चासो त्यसमा छ । किनकी अख्तियारको अधिकार लिएको प्रमुख जिल्ला अधिकारीको कार्यलय समेत बेलाबखत विवद पर्ने गरेको छ । नेपालको कानूनी क्षेत्र बदनाम हुनुको कारण त्यहाँ नियुक्ति पाउनेहरुको प्रवृत्ति लोभी पापी हुनु हो । जसले नैतिकतालाई बन्दकमा राखेर पैसालाई ठूलो ठान्दछ ।