Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको नक्सालमा कोरोनाको महामारी

काठमाण्डौ । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा सरकारी पक्ष असफल भईरहेको बेला सुरक्षा निकायका केन्द्र्रीय कार्यलयहरु सामान्य नागरिकको पहुचबाट टाढा बनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यलय नक्सालमा समेत नागरिकको पहुच घटेको छ । त्यहाँ कुनै काम विषेशले सामान्य नागरिक प्रवेश गर्न पाउने विगतको चलन अहिले रोकिएको छ । नेपाल प्रहरीका एसएसपी, एसपी, डिएसपी र निरिक्षकसम्मका विभिन्न विभागमा कार्यरत हाकिमहरुलाई कोरोना लागेपछि प्रहरीले केन्द्रीय कार्यलयमा सामान्य नागरिकहरुको प्रवेश रोकेको हो । अहिले प्रहरी प्रधान कार्यलयमा विभाग प्रमुखहरु आफ्नो कार्यकक्षलाई खुल्ला चौरमा सारेर समदुरीता कायम गर्दै काम गरेका छन् । आदेशको भरमा चल्ने फौजी संगठनमा लिखितका काम पनि प्राविधिक पक्षलाई प्रयोगमा लिन थालिएको छ । सडकमा सरकारको उपस्थिति भनेको ट्राफिक प्रहरी र नेपाल प्रहरीका जवान तथा ड्यूटीबालहरु नै हुन् । प्रहरीले सार्वजनिक यातायातमा समेत कडीकडाउ गरेको छ । मास्क बिना यात्रा गर्ने यात्रुलाई गाडीबाट झारेर प्रसिक्षण दिने, मास्क लगाउने लाउने गरेको छ । सरकारको अस्पतालहरु बिरामीले भरिएका छन् । सार्वजनिक यातायातमा सजकता अपनाउनु सेनिटाइजर र मास्क राख्न थालिएको छ । स्थानिय प्रशासणले मास्क बिना गाडी चढ्ने यात्रूलाई भाडासँगै मास्कको पैसा पनि असुल गर्न निर्देशन सुरु गर्न निर्देशन दिएको छ ।


सम्बन्धित समाचार

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

प्रदेशका माननीयलाई एमालेको डण्डा

२०८१ मंसिर १२

ताजा नेपाल