Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको लाचारी विरुद्ध काँग्रेस

काठमाण्डौ । काग्रेसले अमेरिकी सहयोग परियोजनाको बकालत किन गर्छ ? जहाँ अमेरिकी परियोजना लागू भएको छ त्यहाँका जनता अमेरिकी सेनाबाट पिडित छन् । महिला बालबालिकामाथि सेनाको दमन छ । एमसीसीको संझौता गर्दा फसेका काग्रेसका विद्दान ज्ञानेन्द्र बहादुर कार्कीलाई आफ्नै विद्दताको ख्याल भएन । सभापति देउवा त कुनै विषयको गम्र्भीयताको ख्याल गर्दैनन् । ओली सरकार भारतीय दाशहरुको भण्डार बन्दै छ । यही सरकारले सत्ता टिकाउन काग्रेसको कमजोर अवस्थाको समिक्षा गर्दै तानाशाही कदम चलाउदा काग्रेस बोलदैन । काग्रेसले मात्र होइन कुनै पनि दलले कोरोनाको नियन्त्रण अभियान चलाउन नसक्नुको कारण नेतृत्व जनउत्तरदायी बन्न नसक्नु हो भन्दा अत्याचार हुदैन ।

काँग्रेसले महंगी र भ्रष्टचारका विरुद्ध बोल्दैन । संसदीय कालका १४ वर्षसम्म काँग्रेसले विकृति विरुद्ध बोल्ने सडक प्रदर्शन गर्ने जनभावना बुझ्ने गरेन । त्यही कारण काँग्रेसलाई प्रमुख प्रतिपक्षको दायित्व थाहा भएन । काँग्रेसलाई भ्रष्ट तस्करको संरक्षक गुण्डाको रक्षक भन्ने एमाले अहिले भ्रष्टचारमा बोर्ड फष्ट भएको छ । तस्कर गुण्डा तन्त्रमा स्वर्ण पदक धारी दल बनेको छ । अन्य दलका सांसद अपहरण गर्दा एमालेको जनताको बहुदलीय जनवाद राम्रैसँग नाँचेको छ ।

संसदीय सर्वाेच्चता काँग्रेसले स्वीकार्छ । तर एमालेले भत्काएको छ । ओलीतन्त्रको लुटमा काँग्रेसका सभापतिले भाग लिएको आरोप लागि रहँदा सभापति शेरबहादुर देउवा झस्केका छन् । उनकी सासुको राजदूत पद नखोसीनु अख्तियार तथा अन्य संवैधानिक निकायमा देउवाले भाग पाउनुले यो आरोप लागेको हो । कोरोनाको प्रभाव देशभर परेको छ । सरकारले प्राथमिक उपचारको तयारी गरेको छैन । सरकार लाचार बन्दै गर्दा बल्ल नेपाली काँग्रेस विउँझिएको छ । सरकारले नीतिगत लुट चलाएको छ ।