Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा हरियाली

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ । केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर भएका २२६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ । समूहगत सूचकहरु सबै बढ्दा वशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएको छन् । यसैगरी महिला लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, सानिमा जनरल इन्स्यारेन्स र सिनजी पावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ । उता धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक, सनराइज फस्र्ट म्युचुअल फण्ड, एनआईवीएल समृद्धि फण्ड, नेपाल हाइड्रो डेभलपर्स लगायत देखिएका छन् ।


सम्बन्धित समाचार