Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नियन्त्रणका लागि गरेको हल्ला केबल हल्ला मात्रै भएको छ । सरकारको छानबीन समितिले दिएको सुझाव गृह मन्त्री र अर्थ मन्त्रीको घर्रामा थन्किएको छ । सुन तस्कर र राजस्व माराहरु पक्राऊ परेका छैनन् । आज डेढ किलो अवैध सुनसहित ५ जना विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए गौतमले भने, एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ । अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् । कडा चेकजाँचका कारण ठूलो परिमाणमा सुन ल्याउन नसकेपछि तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किन लागेका विभिन्न व्यक्तिहरु प्रयोग गरेर सानो सानो परिमाणमा सुन भित्र्याउने गरेका छन् ।
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल
२०८१ पुष २६
ताजा नेपाल