Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रम ओलीको चमत्कार चिर्लान यीनले

काठमाण्डौ । पत्याउनै कठिन छ, माओवादी अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष भन्दै थाङ्नामा सुताएर प्रचण्डका सहयात्रीहरुलाई आफैसँग राखेर एकिकृत पार्टी फुटाएका प्रधानमन्त्री केपि ओलीको जालझेल काग्रेसका सभापति शेरबहादुर देउवाले चिर्लान कसरी ? देउवा स्वर्य हुदै नहुने निर्वाचन हुन्छ कम्युनिष्ट फुट्दा काग्रेसले बहुमत ल्याउँछ भन्ने सपनामा दौडीने नेता हुन् ।

देउवालाई ओलीको प्रम पद खोस्नु भन्दा मिलिजुली झ्याप पार्ने नेताको रुपमा जनताले चिनेको छ । काग्रेस भित्र पनि देउवा सत्ता स्वार्थका नायक भएका छन् । यहि बेला सरकारले देउवाकी सासू प्रतिमा राणाको राजदूत पद ४ महिनाका लागि थप गरेको छ । पार्टीको १४ औ महाधिवेशनमा पून सभापति बन्न देउवाले सकेको षड्यन्त्र गरेको रामचन्द्रहरुले बताएकै छन् । निर्णय त काग्रेसले प्रमलाई विश्वासको मत सफल हुन नदिने गरेको छ ।

प्रचण्डले आफू प्रम हुन्न गणतन्त्र संघियताको रक्षाका लागि पनि केपि ओलीको व्यवहार घातक बन्दैछ । त्यसैले प्रम पदबाट ओली हटाउनु पर्छ भनेका हुन् । प्रम पद पाए जसपाका महन्त ठाकुर वा डा. बाबुराम भट्टराई मध्ये एक जना प्रधानमन्त्री हुनेछन् । तर नेकाका देउवा त्यो पक्षमा छैनन् । किनकी उनी अहिले पनि प्रम ओलीले यो अवस्थामा चुनाव घोषणा गरिदिए ढुक्कले चुनावमा जाने पक्षमा भएकोले प्रम पदमा आफू नभए अरुको पक्षमा उभिने छैनन् । संसदबाट प्रम ओलीले विश्वासको मत लिने संसद बैठक २७ गतेलाई तोक पछि माओवादीले विश्वासको मत फिर्ता लिएको छ । जसपाको उपेन्द्र यादव पक्षले कतिजना सांसद खडा गर्छ त्यसको विश्वास छैन । मसाल जस्तो पार्टीका सांसद त विक्री भएको घृणित राजनीति देशले सहदै छ । जसपा त पैसा र पदमा बिक्ने दिपक मनाङ्गे भन्दा गिरेको शक्ति हो । जहाँ मेधसवादीलाई ओली तिर ल्याउन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लागेको कुरा लुम्बिनी प्रदेशको सांसद आउ जाउको घटना ताजा छ ।
सत्तासँग पैसा पनि छ मन्त्री पद पनि छ । संसदीय कालको घृणित चलखेलमा राम्ररी खेलेका केपि ओली सांसद किन्न र संसद भंग गर्न सफल छन् । काग्रेसका ६४ माओवादीका ५० गरी ११४ हुन्छ । यहाँ थपिने मसालका एक जना जोड्दा ११५ देखिन्छ । उपेन्द्रले २२ जना ल्याए भने १३७ त हुन्छ । यो भनेको बहुमत हो । १३४ ले सरकार बन्छ । यहाँ माधव पक्ष ओलीकै शरणमा पर्याे भने १२१ मा १० मधेसी राप्रपा नेमकिपा एक एक गरि १३३ सांसद ओलीका हुन्छन् । अहिले पार्टीबाट ओलीको डनबादले पेलिएका माधवका ३७ जना सांसदको सुरक्षा पनि छैन । संविधानिक रुपमा राष्ट्रिय पार्टी बन्न सक्ने प्रतिशत पनि त्यो समूहसँग छैन । समस्या यही हो । संसदमा अहिले २७६ सांसद छन् । १३४ भए बहुमत मानिन्छ । पार्टी केन्द्रीय सदस्यमा माधव पक्षको बहुमत छ । तर समस्या संसदीय दलमै छ । माओवादीबाट सांसद पद खोसिएका हलिहरु लेखराज भट्ट, प्रभू साहा, गौरी शंकर चौधरी, टोपबहादुर रायमाझी मन्त्री पदमा त छन् ।

मतधिकारका धनी यी छैनन् । गृहमन्त्री रामबहादुर थापाको पदमा जेठ ६ गते चुनाव हुदैछ । त्यहाँ पनि नेकपा माओवादीको आश एमालेकै माधव पक्षसँग रहेको छ । आँफू बलियो नहुँदा अरुको आश गर्नु स्वभाविक हो । प्रम ओली नै आफ्नो अधिनको स्पष्ट बहुमत विभाजन गरि गुटको खेतीमा लाग्दा साहरा महन्त ठाकुर जस्ताको लिदैछन् । भारतीय शक्तिले नेपालमा नेकपाको बलियो गठजोड रुचाएको थिएन ओली त स्वार्थका लागि राष्ट्रवादी बनेका नायक हुन् । यीनले गुटको राजनीति गर्न मदन भण्डारी फाउण्डेशनको खर्च भारतबाट लिदै आएको कुरालाई नजर अन्दाज गरेर राष्ट्रवादी ठान्ने प्रचण्डहरु नै बेकुप हुन् । काँग्रेसका देउवा भारतको विश्वासी भएनन् । तर रामचन्द्र पौडेल कृष्ण सिटौला जस्ता रअका तलबदारको संसद पद नै नभएर यो जात्रा मौलाएको हो ।

राष्ट्रिय राजनीतिमा कम्युनिष्ट पार्टी असफल भयो । यसको दोष केपि ओलीको अहंकार मात्र होइन युरोपेली युनियनका तलबदार सुभाष नेवाङ्गलाई जान्छ । अग्नी खरेल, विष्णु रिमाल दोस्रो टोली हो । माफीया दलाल तस्कर र भ्रष्टहरुसँग जोडिएका विचौलिया मोदी द्रगडहरुले सत्ताको रजाँइ गर्दा नेकपा एमाले नाउको जासुस र सिआईडीले भरिएको पार्टीको हाल त खुस्कीएको हो ।