Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुआब्जा नटुङ्गिदा सडक अलपत्र

काठमाण्डौ । बजेटको व्यवस्थापन नगरि लहडमा घोषणा गरिएका भौतिक पूर्वधारको क्षेत्र अहिले अलपत्र अवस्थामा देखिएको छ । यस्तै नमूनाको रुपमा चाबहिल–साँखु सडक देखिएको थियो । यतिखेर त्यो सडक बने पनि पूर्ण रुपमा सम्पन्न भएको छैन ।

पूर्वतयारी नसकिंदै काम थाल्दा काठमाडौंको क्यान्सरजस्तो आयोजना भनेर यो चिनियो । सडक विस्तार शुरू गरेर वर्षौंसम्म अलपत्र पारेपछि सो क्षेत्रका स्थानीयले निकै सास्ती पाएका थिए । मुआब्जा विवाद नटुंग्याई डोजर चलाउँदाको दुष्परिणाम यो सडक वरपर बस्ने र यसलाई प्रयोग गर्नेहरूले भोगिरहेका छन् । तर, अझै पनि यो खण्डको विभिन्न क्षेत्रमा मुआब्जा विवाद टुंगिएको छैन । शुरूबाटै जग्गाको मुआब्जा माग गर्दै पीडितहरू अदालतसम्म गएका थिए । पछिल्लो समय अदालतले पनि मुआब्जा दिएर मात्र सडक विस्तार गर्न सरकारलाई आदेश दिएपछि यो विवाद सुल्झिएन । सरकारले घर भत्काएको ठाउँमा २२ मिटर र घर नभत्काएको ठाउँमा पहिलेकै बाटोमा कालोपत्रे गर्न थाले पनि विभिन्न क्षेत्रमा कालोपत्रे गर्न पनि पीडितहरूले दिएका छैनन् ।

सडक फराकिलो बनाउने काम २०७२ सालमा शुरू भएको थियो । समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिंदै आएको छ । यो खण्डमा यात्रा गर्नेहरूले हिउँदमा धूलो र वर्षामा हिलोको अचाक्ली सास्ती भोग्नुपर्छ । यो पिडा सिहंदरबारले बुझ्छ कहिले जहाँ राजनीति लुछाचुडिने महत्वपूर्ण मानिएको छ ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल