Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कुनै बेला भोटाहिटिमा कम्प्युटर चलाएर बिहान बेलुकीको छाक टार्ने शारदा अधिकारी अहिले क वर्गको ठेकदार बनेका छन् । उनले माओवादी जनयुद्धको समयमा ससूराबाट उठेका चन्दा कुम्लाएर धनाध्य बनेको धेरैलाई थाहा छैन भन्ने नसोच हुन्छ । तर अहिले उनकै महलमा माओवादी अध्यक्ष प्रचण्ड बसोबास गर्छन् । त्यही कारण उनी सरकारी ठेक्का लिन्छन् । काम गर्दैनन् ।
यीनैले लिएको नगरकोट सडक अहिले सम्म मर्मतको काम पूरा भएको छैन । शुरूको योजना अनुसार दुई वर्षमा विस्तार भइसक्नुपर्ने हो, भत्केकोपाटी–नगरकोट सडकखण्ड । तर, साढे ८ वर्षमा पनि बनेन । यो खण्डमा रूख कटानको अनुमति लिन नै तीन वर्ष लाग्यो । काम हुँदै नभएपछि २०७६ कात्तिकमा ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो सार्वजनिक स्थानमा टाँसेर विरोध भयो । तर अझै पनि यो खण्डमा कालोपत्रे सकिएको छैन । अधिकारीले यो ४० किलोमिटरको सडक समयमै साइट क्लियर नभएकाले काम गर्न नसकिएको पटक–पटक बताउँदै आएका छन् । दुई वर्षभित्रै काम सक्नुपर्ने जिम्मा पाए पनि ९ वर्ष पुगिसक्दा पनि काम कहिले सकिन्छ भन्ने टुंगो छैन । ठेकेदार कम्पनीको बेवास्तामा परे पनि यो आयोजनाको साइट क्लियर ढिला भएकाले सडक विभागले कम्पनीलाई कारबाही गर्न सकेको छैन । अहिले केही भाग कालोपत्रे भए पनि धेरैजसो खण्डमा खाल्डैखाल्डा छन् ।
घाम लाग्दा धूलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयवासी समस्यामा पर्दै आएका छन् । सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीय सबैभन्दा बढी पीडित छन् । समयमै सडक नबन्दा नगरकोट जाने पर्यटकले पनि हैरानी व्यहोर्दै आएका छन् । यो पिडा सिहंदरबारले समयमा नबुझ्दा सारदा प्रसादहरु ठाडो शिर लगाएर हिड्न सकेका हुन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल