Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिपोर्ट देखाउदै सांसदमा छिर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ ।

पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । संसदको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ । संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगराएकाहरुलाई एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।

यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर परीक्षण गराएको थियो । रिपोर्ट पोजेटिभ आएकाहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरुलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल