Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपालको वैदेशीक रोजगारीको क्षेत्र यतिखेर थला परेको छ । नेपाली श्रमिकहरुको गन्तब्य स्थल कुवेतले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्धले भिसा लागेर उडान कुरेर बसेका सयौँ नेपालीहरु अर्काे सुचना जारी नभएसम्मका लागि स्वदेश मै थन्कनु पर्ने बाध्यता छ । कुवेतको उड्डयन प्राधिकरण ओडीजीसीएले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।
कुनका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयको सुझावमा उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । यसअघि, थाइल्याण्ड र यूएईले पनि नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाइसकेको छ । भारतीय भेरियन्ट फेला परेपछि थाइल्याण्डले यस्तो निर्णय लिएको जनाएको थियो ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल