Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालीमाटीको तरकारी बजारमा खुद्रा बन्द

काठमाडौं । अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।

खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताएका छन् । बजारको अघिल्लोतर्फ रहेको किसान बजार र खुद्रामा तरकारी बिक्री गर्ने खाली क्षेत्र क्रमशः बन्द गर्दै लगिने उनको भनाइ छ । हाल होलसेल बजारमाबाट तरकारीको खुद्रा कारोबार पनि गर्न नपाइने कार्यकारी निर्देशक भट्टराईले बताएका छन् । बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने उनले बताएका छन् । बजारमा अब खुद्रा कारोबार निषेध गरिएको छ, होलसेल स्टलले थोकमा गर्ने कारोबार भने नियमित रुपमा गर्न पाउँछन् कार्यकारी निर्देशक भट्टराईले भनेका छन् ।

देशका बिभिन्न ठाउँका किसानले बारीमा रहेको तरकारी सिधै बिक्री गर्न पाउनेगरी बजारभित्रको अक्सन यार्ड भने खुला राखेको समितिले जनाएको छ । किसानले आफ्नो उत्पादन उक्त यार्डमा ल्याएर बिक्री गर्न सक्ने कार्यकारी निर्देशक भट्टराईले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल