Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । चार नेता दुई तिर विभाजित भए पछि सत्ता गठबन्धनमा निर्णाक बनेको जनता समाजवादी पार्टी एक चोटी नाङ्गीने अवस्थामा पुगेको छ । भारतीय स्वार्थ अनुसार चल्ने भनेर आरोप लागिरहँदा भारतीय विश्वास प्राप्त एमाले अध्यक्ष केपि ओलीको प्रधानमन्त्री पद जोगाउन जसपाको ठाकुर पक्ष लागेको छ ।
यो समूहले भारतको निर्देशण स्वीकार गर्दै सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई लागेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बसेर ओलीलाई सघाइरहेका छन् । एउटै पार्टी यसरी विभाजित भएका कारण राजनीतिक संक्रमण झन् लम्बिने देखिएकै बेला आज जसपा नेपाल पदाधिकारीको बैठक बस्दै छ । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले सुरुमा अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्ने भएका छन् । दुईजना बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ । अध्यक्ष भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत सर्वदलीय सरकार गठनको सुझाव अघि सारेका छन् । वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकका नेतृत्वमा सरकार गठन गर्न सुझाव दिएका उनले पार्टीका शीर्ष नेता एवं पूर्व प्रधानमन्त्री सम्मिलित एउटा निर्देशक समिति बनाउने र एक वर्षभित्र चुनाव गराउन प्रस्ताव अगाडि सारेका छन् । यसअघि उनले प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाका नेतृत्वमा सरकार बनाउने पहल गरेका थिए ।
जसपा नेपालका ३२ जना सांसदमध्ये ओलीको पक्ष र विपक्षमा १६–१६ जना सांसद छन् । माओवादी केन्द्र, काँग्रेस र जसपा गठबन्धनको सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तीन दलीय गठबन्धनलाई नसघाएसम्म नयाँ सरकार बनाउने सम्भावना कम देखिन्छ । जसपा नेपालबाट सर्वसम्मतिले एउटै निर्णय गरेर यो राजनीतिक समस्याको निकास दिन पदाधिकारी बैठक बस्न लागेको बताइएको छ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल