Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल पक्ष कानूनी परामर्शमा

काठमाण्डौ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् । नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले ताजानेपाललाई जानकारी दिएको हो ।

वरिष्ठ नेता नेपाल पक्षले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ । यता सामुहिक राजीनामा गरे समस्यामा पर्ने बुझेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद सकिन लागेसँगै नेताहरुले आन्तरिक छलफललाई तिव्र पारेका हुन् । ओली नेतृत्वको सरकारको विकल्पमा काँग्रेससहितको गठबन्धनले नयाँ सरकार बनाउने भनेपनि संसदीय गणितका लागि माधव समुहको सहयोग आवश्यक देखिन्छ ।

एमालेमा आएको विग्रहका कारण माधव समुहले सहयोग गर्ने देउवाले आश गरेका छन् । तर, माधव पक्षमा राजीनामा गर्ने कि नगर्ने भन्ने मतभेद चुलिँदै गएको छ । माधव नेपालको सम्भावित पद त्यागको निर्णयका कारण जसपाका राजेन्द्र महत्तो बढुनिलकण्ठतिर लागेको बताइन्छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल