Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगी बिरुद्दको बिशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ । ट्राफिक प्रहरीले बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म तेत्तिस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको छ । ठगी गर्नेहरु बिरुद्धको अपरेसन टोलीले बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग छ गुणासम्म बढि भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।
“निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएको भन्दा बढि भाडा लिने गिरोहलाई कारबाहि गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेका छौं, टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निग्रानी गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ्ग गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो” ।
उहाँले गोप्य निग्रानी र अनुगमन गर्दै कारबाही अभियानलाई तिब्रता दिदै आएका छौं, बढि भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिन्छौं, पछिल्लो समय काउन्टरका कर्मचारी नै यात्रु ठगी गर्ने कार्यमा संलग्न भएको पाएको समेत बताउनु भयो ।

निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएकोछ । ट्राफिक प्रहरीले काठमाण्डौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ बर्षे अनिल बि।क।, बर्दिया गेरुवाका बर्ष ३७ का कृष्ण चौधरी र सोहि स्थानका ३५ बर्षे बल बहादुर थारुलाई पक्राउ गरि प्रहरी बृत्त बालाजुमा बुझाएको छ । दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग प्रति ब्यक्ती तिन हजारदेखी पैतालिस सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ परेका हुन ।

त्यस्तै गरि ट्राफिक प्रहरीले बारा जाने यात्रुहरुसँग दोब्बर बढि भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ बर्षे अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका बर्ष २५ का अफताब आलमलाई पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी बृत्त स्वयम्भूमा बुझाएको महाशाखाले जनाएको छ । तोकिएको भम्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल