Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हारेका नेताहरुको गन्थन शुरु

काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा भारतीय विस्तारवादको प्रतक्ष सहभागिता नहोस् भन्नका लागि नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दिएको झण्डै दुई तिहाई जनमत अन्तत खेर गएको छ । यसको निम्ति सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपि ओली र भारतकै निर्देशनमा मधेसी दल खोलेर निर्णायक शक्ति बनेको महन्त ठाकुरले गरेका छन् । यो यथार्थ त पुष्टि गर्न सामान्त गोयललाई जसले नेपाल ल्याएर प्रमसँग भेट गरायो उसैको भरमा माधव नेपाललाई पर्र्र्र्र्र्र्र्र्र्र्याएर नेकपा एमालेको अल्पमतको सरकार खडा गर्न सफल भयो ।

क्याप्टेन रामेश्वर थापा भारतीय गुप्तचर संस्था रअद्वारा लगानी भित्र्याउने व्यापारीको रुपमा चिनिएका छन् । उनले भारतीय लगानीबाट स्थापित राष्ट्रिय दैनिक खरिद गरे । रेडियो समेत त्यही टोलीबाट लगानी भयो । टलिभिजनको स्थापनामा पनि त्यस्तै लगानी भएको बताइन्छ । आखिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेर राष्ट्रिय राजनीतिमा विकल्प दिन नसकिएको स्वीकार्न बाकी छ । वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एक ठाउँमा बसेका थिए । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका थिए । जबकी एकिकृत एमाले विभाजन हुने परिस्थिति आउन नदिन भारतीय सत्ताले नेपाली सत्तालाई च्यापेको कारण माधव नेपाल समेत ओलीलाई झुकाउन सफल भए ।

हारेका नेताहरले छलफलमा अब प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने विषय पनि उठाएका छन् । राजनीति कुन कोर्षमा जान्छ भन्ने पनि छलफल भयो बैठकमा सहभागी सुत्रका अनुसार प्रधानमन्त्री ओलीको चाहना मध्यावधि भएकाले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई तटस्थ नै राखेर मुलुकलाई मध्यावधितिर लैजान सक्छन् । किनकी वर्तमान सरकार भारतीय सहयोगमा गठन भएको हो । प्रधानमन्त्री केपि ओली राष्ट्रवादको ऐलान दिदै पद बचाउन कसरी लम्पसार भए त्यसको परिणाम आगामी दिनमा झन् देखा पर्नेछ ।