Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो ।
हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने मर्जर मा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ । बैशाख ३० को पत्र अनुसार हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको व्यहोरा अवगत भयो ।
बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने मर्जर तथा प्राप्ति एक्विजिशन सम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार मिति बैशाख ३१ गतेबाट रोक्का राखिएको छ । त्यसो त गत बिहीबार मात्र यी दुई बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल