Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमा नयाँ सक्रजिट घटे, मृतकको संख्या भने उस्तै

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ । भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने तामिलनाडुमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै छ । कर्नाटकमा ३१ हजार तथा केरलामा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ । अहिलेसम्म भारतमा १८ करोड २९ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल