Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाँकेमा २३९ संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३ ४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १ १ जना कञ्‍चनपुर, दाङ र सुर्खेतका छन् । यस्तै भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका ९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३ ४५ बजे, मधुबन नगरपालिका ९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २ ३० बजे र बासगढी नगरपालिका ६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्‍यु भएको छ । यस्तै भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्‍ज उपमहानगरपालिका ६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५ ३० बजे र कोहलपुर नगरपालिका ९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृत्‍यु भएको छ । यस्तै भिमदत्त नगरपालिका ३ कञ्‍चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्‍यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२ ३० बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिएका छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 


सम्बन्धित समाचार