Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारले कोरोना भाइरस नियन्त्रणका निम्ति अपनाएका कदमहरुको कार्यन्वयनको निम्ति राष्ट्र सेवकहरुले जतिसुकै प्रयास गरेपनि जनताले वास्ता नगरेपछि भाइरसले महामारी ल्यायो भन्नु व्यर्थ छ । ठूला डिपार्टमेण्ट स्टोर तथा व्यापारीक बजारहरु बन्द छन् ।
तर फलफुल तथा तरकारी विक्रीको केन्द्र मानिएको कालीमाटी स्थित फलफुल तथा तरकारी विकास समिति भित्रको रमाइलो भने छुट्टै छ । त्यहाँ समदुरी कायम हुने अवस्था नै छैन । सरकारको नियन्त्रणमा रहेको समितिभित्रको व्यापार हेर्दा लाग्छ त्यहाँ कोरोना भाइरसको मतलब छैन । सुरक्षा कर्मी र समितिका कर्मचारीहरु त्यहाँ देखिदैनन् । कालीमाटी तरकारी तथा फलफूल विकास समितिको केन्द्रीय कार्यलयको यो तस्बीरले विकास समिति भित्रको लथालिङ्ग स्थितिलाई चित्रित गर्छ । सरकार भन्छ समदुरी कायम गरौ माक्स लगाउ, सेनिटाइजर प्रयोग गरौ । तर कालीमाटी तरकारी बजारमा त्यो सम्भव छ ? जहाँ समितिका कुनै पनि सुरक्षा गार्ड र कर्मचारीहरु देखिदैन । तरकारी बजार भित्रको महङ्गी र मनपरिप्रति समिति समेत जानकार छैन ।
भित्रबाट होलसेलमा लिएर बाहिर व्यापार गर्नेहरु हटाउने समितिको योजना खेर गएको छ । महामारीको समयमा यस्ता विकृति धेरै ठाँउमा छन् । तर सम्बन्धित पक्षको लापरबाहीले समुदायमा संक्रमण फैलिने सम्भावना नकार्न सकिदैन । यो प्रतिनिधि कालीमाटी बन्दा पुग्दा फेला परेका तस्विरहरु यस्ता छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल