Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारीरत्नबाट सम्मानित

अन्तर्राष्ट्रिय लेखक सङ्घका अध्यक्ष राधेश्याम लेकाली विशेष अतिथि र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न आगनी फाउन्डेसनले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरूलाई ‘नारीरत्न सम्मान २०७६’ बाट सम्मान गरिएको छ । हिन्दू नारीको महान् पर्व तीजको अवसर पारेर आ–आफ्नो क्षेत्रबाट समाजमा उल्लेखनीय योगदान पु¥याउनेहरूलाई फाउन्डेसनले सम्मान गरेको हो । कार्यक्रममा नेपाली नृत्य निर्देशनको क्षेत्रमा सक्रिय रहेर लोप्रियता हासिल गर्न सफल वरिष्ठ नृत्याङ्गना सुनिता बस्नेत ‘नारीरत्न सम्मान २०७६’ बाट सम्मानित भएकी छन् ।