Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कञ्चनपूर । कैलालीको भजनी नगरपालिका–३ स्थित बर्दुवा फाँटबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका घर भएका २२ वर्षीय तपेन्द्रबहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट ४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आरोपीलाई लागुऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल