Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेरिस डाँडामा थुप्रिए नेता

काठमाडौं । माओवादीलाई बाईबाई गर्दै एमालेका ओली समूहमा प्रवेश गरेका ७ मन्त्रीको पद गएसँगै चम्किएको राजनीति समिक्षा गर्न माओवादी नेताहरु पार्टीकार्यलय पेरिस डाँडामा पुगका छन् । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् । उनले बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् । दलहरुले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल