Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सल्यानमा ३ संक्रमितको मृत्यु

सुर्खेत । जिल्ला अस्पताल सल्यानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यान दिएको जानकारीअनुसार छत्रेश्‍वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष रहेका छन् । तीनैजनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल