Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका हुन् ।
यस्तै माधव नेपाल पक्ष पनि सोही प्रयोगमा जुटिरहेका छन् । हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका सांसदहरु केही समयमा सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जान लागेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल