Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
महोत्तरी । सिमा सुरक्षामा आइपर्ने समस्या समाधानका निम्ति सम्बन्धित जिल्ला पोस्ट जिम्मेवारी हुने कि पृतनापति ! यो प्रश्न यति खेर हल्चोकमा उठ्न थालेको छ । ससस्त्र प्रहरीको प्रदेश २ अन्तरगतका जिल्लाहरुमा प्रमुख खटाउदा लेनदेनका कुरा हुने भएकाले बेलावखत भारतीय तस्करहरुसँग ससस्त्रको भिडन्त हुने गर्दछ ।
यस पटक प्रदेश २ का पृतनापति सिपी गौतम गलत काम गर्नेलाई बाँकी राख्दिन अरुलाई पनि अनुशासनमा हडाउने छु भन्दै थिए तर उनी नेतृत्व लिएर गए पछि पर्सा, रौटहट, बारा र सप्तरीमा मात्र होइन पछिल्लो पटक महोत्तरीको सिमा क्षेत्रमा समेत भारतीय तस्करसँग पैसा खाएर लाइन मिलाउदै आएका विओपीका हाकिमको दोहोले कड्ने काम भएको छ । पर्साकोे खुल्लम खुला लाइन छुटको विषयले हल्चोक प्रभावित भयो । तर महोत्तरीको छिटा रौतहट र सप्तरीमा कति पर्छ त्यो कुरा व्यापारीहरुले बताउदै छन् । उनहरु भन्छन् सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिंदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ ।
झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । बोर्डर आउट पोष्ट बीओपी मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करीब ८ बजे ५० ६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । तस्करसँग पैसा लिएर लाइन छुटाउने तिनै हुन् जो गौतम थर भएका कारण डिआइजी सिपीलाई दाजू भन्छन् । तस्करको ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ । स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल