Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपालको निर्यात व्यपारमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन देखि बैशाख १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो । निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भएपनि साँघुरिन मद्यत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेल जन्य पदार्थ प्रमुख रहेको भन्सार विभागले जनाएको छ ।
भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालको वैदेशिक व्यापार डेनमार्क, इथोपिया, होन्डुरस, आइल्याण्ड सहित २७ देशसँग नाफामा रहेको छ । मुलुकमा आयात बढ्दै गएपछि त्यसको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकले बर्षेनी व्यापार घाटा बेहोर्दै आएको छ । देशको व्यापारघाटा झण्डै बार्षिक बजेट बराबर नै पुगिसकेको छ ।
चौथो योजनाको लक्ष्य अनुसार पन्ध्रौं योजनाको अन्तिमसम्म मुलुकको निर्यात बढाएर १ खर्ब ८४ अर्ब पु याउने प्रक्षेपण गरिएको थियो । सो अवधिमा आयातलाई १५ खर्ब ६७ अर्ब पुग्ने प्रक्षेपण गरिएको थियो । तर पन्ध्रौं योजनाको शुरु तिरै मुलुकले १ खर्ब बढी निर्यातको व्यापार गर्न सकेको छ । सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्ने निति समेत लिएको छ ।
आयातदर बढ्दै जादा मुलुकको व्यापारघाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज समते लगाउन थालेको छ । सरकारले २०६४ सालदेखि १ खर्ब निर्यात पुर्याउने लक्ष्य लिएको थियो । भएपनि उक्त लक्ष्य अनुसार निर्यात गर्न सकेको थियो । २०६४/६५ मा पहिलो त्रिवर्षीय योजनाको आधारमा १ खर्ब लक्ष्य लिएपनि सो वर्षमा ५८ अर्बमा सिमित भई २०६६/६७ मा पनि ६१ अर्बमा सीमित भएको थियो । देशको वैदेशिक व्यापार घाटा अहिले झण्डै साढे ११ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको २०७७/०७८ १० महिनामा २१.४८ प्रतिशतले व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेको थियो । देशले १२ खर्ब ५४ अर्बको मालवस्तु आयात गरेको छ । आयात २२.२४ प्रतिशतले बढेको हो । गत वर्ष १० खर्ब २५ अर्बको आयात भएको थियो । आर्थिक वर्ष २०६५ ०६६ मा ३ खर्ब ७५ करोड ६० लाख ५ हजार ८ सय ७० रुपैयाँ बराबरको आयात भएको मा अहिले झण्डै वार्षिक बजेट बराबर नै आयात हुन थालेको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल