Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेशको यो मृुद्दा सेटिङ्गले मिलाउँछ ?

बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र प्रदेश प्रमुखको कार्यालय समक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उल्लेखित व्यहोरा माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्बन्धी दफा ३ बमोजिम निवेदन दिइएको हो ।

नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पूमति ढेगा र जनमोर्चाकी तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाकेको प्रदेशसभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामासहितका अन्य कागजपत्र माग गर्दै सोमबार निवेदन दिएका हुन् । यस्तै अधिवेशन अन्त्य र शंकर पोखरेलले एमाले संसदीय दलको नेता रुपमा वैशाख १९ गते प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित निवेदन दिएको र मुख्यमन्त्रीमा पुनः नियुक्त भएको कागजपत्र माग गरिएको काँग्रेस सचेतक निर्मला क्षेत्रीले बताईन् ।

निवेदकहरुले कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्ताव गर्दै हस्ताक्षरसहित बुझाएको निवेदन पनि माग गरिएको छ । यी प्रदेश प्रमुख ती हुन् जसले प्रतिपक्षको बहुमत हुँदा हुँदै मुख्यमन्त्री शंकर पोख्रेललाई सपथ खुवाएका थिए । अब कानूनी लडाँइ अदालतमा हुने हो कि प्रदेश प्रमुखको कार्यलयमा ? जहाँ सेटिङ्ग भन्दा दाया बाया काम हुदैन ?


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल