Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राउनसुगरसहित युवक पक्राउ

कास्की । पोखरा महानगरपालिका(२६ कालिका चोक डेरा गरी बस्ने सोही महानगरपालिका(१३ घर भएका २७ वर्षीय राजेश कुँवर क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ८ ग्राम १ सय ८० मिलीग्राम, सिम कार्ड सहितको मोबाइल १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले राजेशको कोठा जाँच गर्ने क्रममा उक्त धुलो पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।