Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कपिलवस्तु । गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा सोमबार राति ज्यान गएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ । पाण्डेलाई थप उपचारका लागि सोमबार साँझ हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएको थियो । पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो । गोली हान्ने दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल