Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेंगु रोग विरुद्ध सचेतनामूलक प्रशिक्षण

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको गरेको छ ।
सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले आफू बस्ने बासस्थान वरपर सरसफाई राख्नुका साथै यस रोगबाट बच्न सुरक्षित उपायहरु अपनाउन र अन्य व्यक्ति एवं प्रहरी कर्मचारीहरुबीच यस रोगका विषयमा चेतना फैलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंका प्रहरी चिकित्सकहरुको टोलीद्वारा डेंगु रोग, देखा पर्ने लक्षण, असर, रोकथामका उपायहरु लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगले गण्डकी प्रदेश अन्तर्गत सबैभन्दा बढी प्रभावित भएको कास्की जिल्लास्थित विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि उक्त सचेतनामूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।