Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तनहूँ । राष्ट्रिय पर्वहरुलाई जोडेर नेपालका कारागारहरुमा बन्दी अवस्थामा रहेका व्यक्तिहरु छोड्ने प्रतिस्पर्धा लोकतन्त्र स्थापना पछि बढि भएको छ । यो कार्यमा राजनीतिक आस्थालाई जोड दिने सस्कारले विकृति फैलाएको पनि छ । त्यस तर्फ राजनीतिक दलहरु सचेत छैनन् । बरु उनीहरु जस्तो सुकै अपराध जन्य मुद्दामा परेका आफ्ना कार्यकर्ता छुटाउन केन्द्रीत हुन्छन् ।
यस पटक गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान एक, ओखेटो पहार जीवजन्तुको हाड छालासम्बन्धी रहेका छन् । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले गोरखाका एक र तनहुँका सात कैदीबन्दीले कैद मिनाहा पाएको बताएका छन् । बहुविवाह मुद्दाका गोरखाका यमु गुरुङ, तनहुँको भानुनगरपालिकाका सुरेन्द्रकुमार श्रेष्ठ र बाबुराम थापा, व्यास नगरपालिकाका करन परियार र शुक्लागण्डकी नगरपालिकाका रमेशबहादुर मल्ल ठकुरी रहेका छन् ।
त्यसैगरी ज्यान मार्ने उद्योगका घिरिङ गाउँपालिका सन्तबहादुर श्रेष्ठ, सवारी ज्यान मुद्दाका बन्दीपुरका दिनेश मक्राती र ओखेटो पहारमुद्दामा म्याग्दे गाउँपालिकाका इन्द्रध्वज कार्की रहेको कारागारका जेलर ऋषिराम सुवेदीले बताएका छन् । उनका अनुसार हाल कारागारमा थुनुवा १०६ र कैदी १६२ गरी कूल २६८ कैदीबन्दी छन् । गण्डकी प्रदेशबाट समेत गरी ८० कैदीबन्दीको कैद मिनाहा भएको उनले ताजानेपाललाई जानकारी दिएका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल