Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घोक्राएपछि यीनको आयो चेत

काठमाण्डौ । लोकतन्त्रमा राजनीतिक रुपमा जो सुकै भएपनि स्वीकार्नु पर्ने हो । तर नेकपाको नेतृत्वले काग्र्र्रेस सरकारले राखेका सातै प्रदेशका प्रमुखहरु परिवर्तन गर्याे । प्रधानमन्त्री केपि ओलीले नेकपा भित्रका पनि छानेर माओवादी विरुद्ध लागेका हरुलाई बचाएर निष्ठा र राजनीति बचाउँदै संविधानको पालना गर्ने हरुलाई समेत घोक्राएपछि पूर्व प्रदेश प्रमुखहरुले जनताको सार्वभौम थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिले नियोजित रूपमा निजी कम्पनीजस्तै बनाएको बताएका छन् ।

प्रा.डा गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आरम्भदेखि नै संविधानको कार्यान्वयन,पालना र संरक्षणमा इमानदारी र संरक्षकत्व नदेखिएको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबाट एक पटक, दुई पटक हैन बारम्बार र धेरैपटक संविधानको भावना र मर्म विपरितका थुप्रै कार्यहरू विवादित र आलोचित रूपमा रहेका छन्,’ प्रदेश प्रमुखहरुले भनेका छन् आरम्भदेखि नै संविधानको कार्यान्वयन, पालना र संरक्षणमा इमानदारी र संरक्षकत्व देखिएन । राष्ट्रप्रमुख र सरकार प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई तमासा बनाउन खोजिएको पनि उनीहरूले बताएका छन् ।

हुँदाहुँदा सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधि सभालाई आफ्नै प्राइभेट कम्पनी जस्तै महिनै पिच्छे विघटन गर्ने निरंकुशता र सर्वसत्तावाद प्रदर्शित भइरह्यो, सार्वजनिक अपीलमा उल्लेख छ । यस्तो अपकार्यले संविधानको जीवन क्षय हुँदै जानेछ । सर्वोच्चबाट जनप्रतिनिधिमूलक संस्था र संविधानको रक्षा हुने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल