Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काग्रेसमा पनि सुरु भयो कलह

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आज दिउँसो २ बजे इतरपक्षीय केन्द्रीय सदस्यबीच भर्चुअल मिटिङ हुन लागेको हो । केन्द्रीय सदस्य जीवन परियारका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौला र आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् । कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ १० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले संस्थापन इतर पक्षसँग छलफल गर्न लागेका हुन् । १३ जेठमा नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए  अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट महाधिवेशन गर्ने सकिने पौडेलको पहिलो विकल्प छ । यस्तै १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने उले दोस्रो विकल्प पनि अगाडि सारेका छन् । यस विषयमा सुरुमा आफू पक्षीय नेताहरुसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लिने पौडेलको तयारी रहेको बुझिएको छ । काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ ।

 


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल