Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजबाट निषेधाज्ञा केही खुकुलो, के के खुले ?

काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । आजबाट लागू भएको निषेधाज्ञामा मानिसको चलहपहल पनि बढेको छ । बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पनि अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् ।
आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ । यस्तै वर्कसप पनि खुला गरिएको छ ।