Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामन्तहरुको सजिलोको लागि बनेको मन्त्रिपरिषद घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले शुक्रबार हेरफेर भएको मन्त्रिमण्डल भारतीय गुप्तचर प्रमुख सामन्त गोयल नेपाल आएपछि बदलिएको कोर्षको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् । केपी ओलीले छानेका मन्त्रीहरु बदलिएको राजनीतिक कोर्षको परिणति भएको भुसालले बताए । उनले भने, मैले यो हेरफेरलाई सामन्त गोयल नेपाल आएपछि बदलिएको राजनीतिक कोर्षको कार्यान्न्वयनका रुपमा हेरेको छु । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर नयाँ व्यक्तिलाई नियुक्त गरिनुलाई उनले सामन्त गोयलको अनुकुल हुने गरी गरिएको हेरफेरका रुपमा चित्रित गर्ने प्रयास गरे । व्यक्तिहरुको नाम नलिइकन भुसालले रातोपाटीसँग भने,यो त्यही कोर्षको अनुकुल कम्फर्टेबल सरकार हो


सम्बन्धित समाचार