Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
केही दिन अगाडि बलिउड नायिका हुमा कुरेशीले बलिउड कलाकार सोनु सुदलाई भारतको प्रधानमन्त्री बन्नका लागि आग्रह गरेकी थिइन् । सोनु प्रधानमन्त्रीका रुपमा चुनावमा उठेको खण्डमा आफूले भोट हाल्ने हुमाको तर्क थियो । सोनुले हालै मात्र एक वेवसाइटसँगको कुराकानी गर्दै यो बिषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–यो अली धेरै नै भयो । यदि हुमालाई यस्तो लाग्छ भने पक्कै पनि मैले केही राम्रो काम गरेको हुनुपर्छ । तर, म उनीसँग सहमत छैन । हामीसँग सक्षम प्रधानमन्त्री छन् । उनले, आफ्नो काँधमा यो जिम्मेवारी उठाउनका लागि आफू निकै सानो भएको बताएका छन् । सोनुले राजीव गान्धी ४० बर्षमै प्रधानमन्त्री भएको स्मरण गर्र्दै आफूसँग राजनीतिको अनुभव कम भएको बताए । उनले, आफू र आफ्नो परिवार राजनीतिबाट निकै टाढा रहेको पनि बताएका छन् । सोनुले राम्रो काम गर्नका लागि सत्ता र पदको आवश्यकता नभएको पनि बताएका छन् । उनले भनेका छन्–‘मलाई काम गर्न मन पर्छ । म एक कलाकारको नाताले नै यो कुरामा रमाइरहेको छु । मलाई लाग्छ कि, हामी सत्तामा कुनै पद नपाएर पनि यी कामहरु गर्न सक्छौं ।
२०८१ चैत्र २६
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल