Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधसहित चौधरी पक्राउ

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भाद्र २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश चौधरीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । लु ४८ प ५२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चौधरीले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईजोल्याव १७ वटा, नोफिन १७ वटा, फेनारगन १७ वटा र ब्राउनसुगर २ पोका फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित ईसाराईलबाट भाद्र २१ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरापलिका ३ बस्ने १९ वर्षिय दिपेन लिम्बु छन् को ३६ प १३२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा डाईलेक्स १७ बोतल, स्पामो तीन सय ६० वटा र नाईट्रोजन ६० वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसेवाल एपीएफ टोलीले उनको साथबाट एक थान मोवाईल सेट र नगद १० हजार ६ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल