Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । साथै प्रचण्डले ओलीको त्यस प्रकारको अभिव्यक्तिको निन्दा र भर्सना समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सोमबार भनेका छन । आज प्रधानमन्त्री ओलीले एमाले एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा प्रचण्डका अनिच्छाका कारण नेकपा एकता असफल भएको बताएका थिए । ओलीले प्रस्तावमा भनेका थिए, सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरि गरिएको दर्ता मिलेन भनेको हो ।
एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल