Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा राजदूत खतिवडा पिताम्बर तिम्सिनाको नेपाली कृषि फार्म उद्घाटन गर्दै

अमेरिकाकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले क्यलिफ़ोर्नियामा एक कृषि फार्मको उद्घाटन गर्दै नेपाल बाट यति टाढा आएर ब्यापार गर्ने जो कोहिलाइ पनि हामिले सहयोग गर्न हिचकिचाउनु नहुने र मेरो तर्फबाट जस्तो सहयोग पनि दिन तयार छु भन्दै ब्यापारिलाइ प्रोत्सान दिएका थिए । नेपालीको संयुक्त लगानीमा स्थापित ओहो भेन्चर एलएलसी कम्पनीद्वारा सञ्चालित उक्त कृषि फर्मको राजदूत खतिवडाले उद्घाटन गरेका हुन्। खतिवडाले नेपालीले विदेशमा सञ्चालन गरेको व्यवसायको सराहना गर्दै सफलताको शुभकामना व्यक्त गरे।कम्पनीका सञ्चालककहरुले आफ्नो योजनाका बारेमा जानकारी गराएका थिए।सञ्चालक पिताम्बर तिम्सिनाका अनुसार फर्मबाट खसीको मासु बिक्री पनि सुरु गर्न लागिएको छ। हाल खसी र गाई पालन गरिनुका साथै मकै खेती पनि सुरु गरिएको छ। कोताटीस्थित १० हेक्टर जग्गामा फैलिएको छ।खतिवडा उदघाटन गर्न पुग्दा कम्पनीका सञ्चालक तथा नेपाल खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, सञ्चालक तथा पूर्वप्रहरी सागर थापा र पूर्वराष्ट्रिय खेलाडी पदम तामांगले स्वागत गरेका थिए।


सम्बन्धित समाचार