Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीमाथि भयानक षडयन्त्र भैरहेको रहेछ किन ? : गोकुल बाँस्कोटा

पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रहेको अभिव्यक्ति प्रदेशसभा बैठकमा दिएपछि पूर्वमन्त्री बास्कोटाले सो टिप्पणी गरेका हुन् ।नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ रु’ बाँस्कोटाले बैद्यको अभिव्यक्तिबारे काँग्रेसको आधिकारिक धारणा समेत मागेका छन् । काँग्रेसका बागमती प्रदेशसभा सदस्य वैद्यले शुक्रबारको बैठकमा महात्मा गान्धीका हत्यारा गोड्सेको नाम लिँदै भनेका थिए ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु ।’ वैद्यको यो अभिव्यक्तिलाई लिएर काँग्रेस र एमालेभित्र अहिले हंगामा मच्चिएको छ ।


सम्बन्धित समाचार