Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमजोर भएपछि लत्रिदै ओली

काठमाण्डौ । नेकपा एमाले भित्रको आन्तरिक कलहलाई किनारा लगाउन खटेका दोस्रो पुष्ताका नेताहरु यतिखेर बुडाहरुकै व्यवहार कुरिरहका छन् । यहि बेला प्रम एवम अध्यक्ष केपी ओलीले मन्त्री परिषद विस्तार गरेपछि पुरानो टकराव एकपछि अर्काे रुपमा घोषितजस्तै विपक्षी गठबन्धनमा उभिन बाध्य बनाइएको छ । एमालेको खनाल–नेपाल समुह बाध्यतावस प्रदेशस्तरमा भने अचानक ओली समुहसँग नजिकिन पुगेको छ । केन्द्रमा ओलीविरुद्ध विपक्षी गठबन्धनमा रहेर मोर्चाबन्दी कसेको यो समुहले गण्डकी, प्रदेश १ र वागमती प्रदेशमा ओलीसँग नजिकिँदै सहकार्य गर्न पुगेपछि धेरैले आश्चर्य व्यक्त गर्न थालेका छन् । तर, ओली पक्षसँग कटाक्ष गर्दै आएका नेताहरु भने ओलीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्कन थप दबाव पुग्ने विश्लेषणका साथ आफूहरुको भूमिका परिवर्तन भएको दावी गर्छन् ।

एमाले एकताका लागि केन्द्रीय तहमा भएका प्रयास र छलफलले सार्थकता पाउन नसकेका बेला प्रदेशमा भएका सहकार्यले पार्टी एकतामा बल पुग्छ या पानीको फोका जस्तै बन्छ, त्यो भने हेर्न बाँकी नै छ । यसअघि सरकार टिकाउने सवालमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा विपक्षी गठबन्धनको पक्षमै उभिएको यो समुहले लुम्बिनी,बागमती र प्रदेश १ मा भने ओली समूहलाई नै साथ दिन पुगेपछि एमालेभित्रको राजनीतिमा यु–टर्न हुन सक्ने विश्लेषण समेत कतिपयले गर्न थालेका छन् । यही क्रममा पृथ्वी सुब्बा गुरुङको विकल्पमा गण्डकी प्रदेश सरकार गठनका क्रममा भएको मतदानमा खनाल नेपाल समुहका एकमात्र सांसदले पृथ्वी सुब्बा गुरुङलाई नै साथ दिएर एकताको सन्देश दिन खोजेको कतिपयको भनाइ छ ।

कर्णालीका चार सांसदलाई एमालेको दशौं महाधिवेशन आयोजक कमिटीका नाममा गरेको कारवाहीलाई सर्वोच्चले अस्वीकार गरेपछि पुन एमाले एकताका लागि ढोका खोलेको निष्कर्षका साथ ओलीलाई सच्चिन थप मौका मिलेको भन्दै आफूहरु पनि पार्टी एकताकै पक्षमा उभिन पुगेको खनाल नेपाल समुहका प्रदेशस्तरीय नेताहरुको भनाई छ । यस विषयमा शीर्ष नेताको आदेश नखोजी स्वविवेकले निर्णय गरेको पनि ती नेताहरुको दावी छ । यसअघिसम्म खनाल नेपाल समुहका हार्डलाइनर भनेर चिनिएका नेताहरु अष्टलक्ष्मी शाक्य, भीम आचार्य र राजेन्द्र पाण्डेलगायतका नेताहरुले परिवर्तित भूमिकाको अगुवाइ गरिरहेका छन् ।

प्रदेशमा खनाल नेपाल समुहले ओली समूहसँग सहकार्य गर्न थालेपछि यो समूह विपक्षी गठबन्धनबाट बाहिर निस्कन लागेको त होइन भन्ने प्रश्नसमेत उठ्न थालेका छन् । तर, गठबन्धनबाट बाहिर निस्किएको भन्ने बुझाइप्रति खनाल नेपाल समुहका नेताहरु असहमति राख्छन् । हामी गठबन्धनबाट बाहिर निस्केको भन्ने अर्थ लगाउन थालिएको छ । यो गलत छ एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘पार्टी एकता जोगाउन हदैसम्मको लचकता अपनाइएको हो । बागमती प्रदेश सदस्यसमेत रहेकी शाक्य यसअघि मुख्यमन्त्री डोरमणि पौडेलको विकल्पमा मुख्यमन्त्रीमा दाबी पेश गर्दै आएकी थिइन् ।

काँग्रेस, माओवादीसँग मिलेर उनै शाक्यको नेतृत्वमा पौडेलविरुद्ध २ पटक अविश्वास प्रस्ताव लगे पनि अहिले भने शाक्य आफैले निर्देशन दिएर वागमती सरकारको नीति कार्यक्रम पारित भएको छ । यो समुह अहिले बजेटसमेत पास गर्ने तयारीमा जुटेको छ । परिवर्तित अवस्थामा फरक भूमिका खेल्नुमा दुई तीनवटा कारण रहेको शाक्यको भनाइ छ । यसमा दुई तीनवटा कुरा छन् । पहिलो कुरा अरु प्रदेशको जस्तो अवस्था बागमतीमा होइन । यद्यपि बागमतीले ठूलै अर्थ राख्छ । पौडेलको विकल्पमा सरकार बनाउन बहुमतका लागि ५६ जनाको संख्या चाहिन्छ । त्यो पुग्ने अवस्था भएन । दुई चोटि अविश्वास प्रस्ताव राख्दा पनि सभामुखले सूचना टाँसेर असफल बनाइदिएको अवस्था हो । तर आफ्ना टीमका योजनाहरुलाई बजेटमा ठाँउ दिइएन भने माधव पक्षले लुम्बिनी, बागमति र प्रदेश १ मा सहज अवस्था हुन दिने छैन ।


सम्बन्धित समाचार