Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कलाकारहरुबीचमा पनि बेला बेला सम्बन्ध चिसिने गरेको छ । हाँस्यकलाकारद्वय दीपकराज गिरी र जितु नेपालको सम्बन्ध कतै छिपेको छैन । ब्लकबस्टर सिरिज ‘छक्का पञ्जा’देखि व्यवसायिक एवं सार्वजनिक जीवनका प्लेटफर्ममा यी दुईले सहकार्य पनि गरेका छन् । यसै वर्षको सुरुआतमा छक्का पञ्जाका आगामी सिरिजमा यी दुईजनाले सहकार्य नगर्ने गाइँगुइँ चल्यो । केही मतभिन्नताको कारण यी दुईले अलग व्यवसायिक बाटो आत्मसात गरेको गसिप चलेको थियो । जितुले होस्ट गर्ने मुन्द्रेको कमेडी क्लबमा दीपाश्रीलाई हटाएर करिश्मा मानन्धर प्रवेश गरेकी थिइन् । जितुलाई प्रतिशोध लिन दीपक र दीपाले आफ्नो समूहबाटै आउट गरेको चर्चा पनि चलेको थियो । त्यतिबेला सहकार्यमा आएको फाटोबारे यी दुईले मौनता पनि साँधेका थिए ।
तर, झन्डै एकवर्षपछि दीपकले आफूहरुबीच मतभिन्नता रहेको खुलासा गरेका छन् । मंगलबार जन्मदिन मनाइरहेका जितुलाई सामाजिक संजालमार्फत शुभकामना दिँदै दीपकले आफूहरुबीच मतभिन्नता रहेको जनाएका हुन् । दीपकले फेसबुकमा लेखेका छन्, कहिलेकाहिँ हाम्रा मतभेदका छालहरु एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिल्यै रोकिएन र रोकिँदैन पनि ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल