Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्याले पेलेपछि खड्कीको बहिस्कार

काठमाण्डौ। विपक्षीलाई पेलेर बहुमतको धमासा देखाउने काम संघिय सरकारमा प्रधानमन्त्री केपि ओलीले गरे जस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि गर्दैछन् । स्थानीय निकायलाई बलियो बनाउन दलिय भागत्रबण्डा भन्दा विकास निर्माणलाई जोड दिनु पर्दछ । तर मेयर शाक्यले त्यस्ता कुरालाई ख्याल नगर्दा काठमाण्डौ महानगरको आज बाट सुरु भएको नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीले बहिष्कार गरेकी छिन् ।

मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले बताइन् । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर नीति तथा कार्यक्रम एकै चोटी नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसर समेत नदिएको कारण सभा बहिष्कार गरेको उनले ताजानेपाललाई बताइन् ।

नीति तथा कार्यक्रममा केके राख्ने भन्ने विषयमा सोध्नु त भएको थियो तर पछि केके आए भन्ने कुरा एकैचोटी बैठकमा मात्रै सुन्यौं उपमेयर खड्गीले भनिन्, सबैको हातहातमा दिएर केही सुझाव भए २ दिनभित्रमा दिनु भनेर समय दिनुपर्नेमा नीति तथा कार्यक्रम सुन्नमात्रै दिएको छ, सुनेरमात्रै हुँदैन भन्ने हाम्रो कुरा हो । उपमेयरसँगै महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले समेत बहिष्कार गरेका छन् ।

मेयर शाक्यले बिहीबार नीति तथा कार्यक्रम बहुमतले पारित गर्ने तयारी गरेको समेत उनले सुनाइन् । सभा बहिष्कार गरेपछि मेयर शाक्यले उपमयेर खड्गीलाई टेलिफोन गरेका थिए । तर आफूले सुधार्नु पर्ने कुरा नसुधारे सहयोग नगर्ने प्रतिक्रिया दिएको उनले बताइन् । अहिले कोरोना महामारी नै पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय आफूहरुले उठाएको भए पनि मेयर शाक्य आफ्नै किसिमले अघि बढेको उपमयेरको आरोप छ । करको दायरा फराकिलो बनाई १० प्रतिशत रहेको घरबहाल कर लगायतमा छुट दिनुपर्ने कुरा समेत आफूले उठाएको खड्गीले बताइन् ।

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा समेटिन नसकेको उनको भनाइ छ । हाम्रो कुरा सुन्नुभन्दा पनि संघीय सरकारकै हिसाबले अघि बढ्नुभएको छ, अहिले अन्य कुराहरु पनि उठेका छन् उनले भनिन्, ‘मोनोरेलको विषय नै हराएको छ, खै त्यो कहाँ गयो भनेर पनि वडाध्यक्षहरुले प्रश्न उठाउनु भएको छ । आजको नगरसभा बैठकमा मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।


सम्बन्धित समाचार