Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् । कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् । जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताएका हुन् । दर्ता गराउनका लागि केशव झा निर्वाचन आयोग पुगेका थिए ।
जेठ ३० गते नै आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो । तर ठाकुरले २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् । निर्वाचन आयोगले त्यसलाई दर्ता गरेपनि थप निर्णय भने लिइसकेको छैन । किनकी जसपामा दुई अध्यक्ष छन् । पार्टीका अधिकारीक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षरलाई निर्वाचन आयोगले मानेको छ ।
तर आज यादव पक्षले कार्यकारी समितिको बैठक बस्दै गर्दा महन्त ठाकुरले आफ्नो पक्षका २० जनालाई कार्यकारी सदस्य बनाए थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् । त्यसमा शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झाका पक्षका नेतालाई नराखिएपछि असन्तुष्टि समेत देखिएको छ ।
२० को नामावली
बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा।विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा. सुरेन्द्र झा रहेका छन् ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल