Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजार घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको थियो । बोर्डको यो कदम पछि बुधबार सेयर बजारमा प्रभाव देखिएको थियो । तर बिहीबार भने ठूलो प्रभाव देखिएन । नेप्सेमा कारोबार हुने समूहगत सवइन्डेक्सहरु मध्ये ६ वटा बढेका छन् । नेप्से परिसूचकमा खासै प्रभाव नदेखिए पनि कारोबार रकम भने सुस्ताएको छ । बिहीबार १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल