Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने भएको छ । विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जनाएको छ । ऋण सहायताका रुपमा प्राप्त हुने १७ अर्ब ७८ करोड नेपालमा कोभिड महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षा तथा दिगो विकासको प्रयोजनमा खर्च हुनेछ । यो सहायताका माध्यमबाट नेपालको सामाजिक तथा आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा विश्व बैंकले गरेको छ । राजस्व तथा भन्सार प्रशासनसहित नेपालको प्रशासनिक क्षमता अभिवृद्धि र खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास विश्व बैंकको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल