Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबैकुरा खुल्ने के हो स्मार्ट लकडाउन ?

काठमाडौं । कोरोना नियन्त्रणको प्रयास स्वरुप लगाइएको निषेधाज्ञाले अर्थतन्त्रमा ठूलो असर पुगेपछि अब निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेभ एको छ। कोभिड –१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा वैशाख १६ देखि शुरु भएको निषेधाज्ञा असार ७ गतेसम्म जारी रहन्छ । असार ८ गतेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेपछि लामो समयदेखि निषेधाज्ञाले काम तथा व्यवसाय बन्द हुँदा जनजीवन आत्तिरहेको अवस्थामा स्मार्ट लकडाउनबारे जनचासो बढेको छ ।
स्मार्ट लकडाउनमा के गर्न पाइन्छ के गर्न पाइँदैन भन्ने विषयमा जनचासो अत्यधिक छ तर विज्ञहरु स्मार्ट लकडाउनको अवधारणाबारे आफूहरु अनविज्ञ रहेको बताउनुहुन्छ । सिसिएमसीले स्मार्ट लकडाउन गर्ने निर्णय गरेपछि हामीले यसबारे जनस्वास्थ्य विज्ञहरुलाई सोध्यौं तर विज्ञहरु भन्छन् संसारमै नभएको स्मार्ट लकडाउनबारे आफूहरुलाई ज्ञान छैन । जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले स्मार्ट लकडाउन संसारमै स्थापित भएको परिभाषाभित्र नपरेकाले ठ्याक्कै यो व्यवस्थामा केके हुन्छ, आफूलाई थाहा नभएको बताउनुभयो । यद्यपी उहाँले भीड कम गर्न सरकार आफैंले यस्तो अवधारणा बनाएको र यसमा के के व्यवस्था हुने सरकारले भनेपछि मात्रै थाहा हुने बताउनुभयो ।
सिसिएमसीमा स्वास्थ्य मन्त्रालयको प्रतिनिधित्वसमेत गर्नुभएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह स्मार्ट लकडाउन भीड कम गरी जनजीवन सहज बनाउन ल्याइएको अवधारणा रहेको बताउनुहुन्छ । उहाँका अनुसार जनस्वास्थ्यका मापदण्ड (एसएमएस) लाई कडाइका साथ पालना गरी दैनिक कार्यहरु सञ्चालन गर्ने अवधारणा स्मार्ट लकडाउन हो । जसमा भीड कम गर्न तथा निषेधाज्ञालाई केही खुकुलो बनाउन विभिन्न उपायहरु अबलम्वन गरिन्छ । जस्तै, सवारी साधनमा जोर बिजोर प्रणलाी लागू गर्ने, संक्रमण भएको स्थान मात्रै सील गर्ने, कम भीड हुने व्यवसाय सञ्चालन गर्ने दिइने लगायतको तयारी छ । विद्यालय, पार्टी प्यालेस, सिनेमा हल, स्विमिङ पुल लगायत भीड हुने स्थानहरु सार्वजनिक स्थान भने खुल्ने छैनन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल