Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनस्वास्थ्यविद् भन्छन् तेस्रो लहरलाई ब्रेक लगाउनु पर्छ !

काठमाण्डौ । कोरोनाभाइरस कोभिड—१९ संक्रमणको दोस्रो लहर विस्तारै घट्न थालेको छ । संक्रमणको ग्राफ ओरालो लागेसँगै स्वास्थ्य संस्थाहरुमा संक्रमित बिरामीले सहज रुपमा बेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर पाउन थालेका छन् । सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि निषेधाज्ञा जारी गर्दै आए पनि अपेक्षा गरिएजस्तो संक्रमण, मृत्यु दर नघटेको जनस्वास्थ्यविज्ञ बताउँछन् ।

डेढ महिनादेखि निरन्तर निषेधाज्ञाको बाबजुद पनि संक्रमणको चेन ब्रेक हुन नसकेको उनीहरुको भनाइ छ । आइतबार मात्र २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको थियो । परीक्षणको दायरालाई फराकिलो बनाउन नसक्दा दोस्रो लहर लामो समयसम्म प्रभाव बढाउन सफल देखिन्छ । बन्दाबन्दीको डेढ महिनाको अवधिमा कोरोना संक्रमण बढ्न नदिन र संक्रमितको व्यवस्थापनमा सरकार ठाउँ ठाउँमा चुकेको जनस्वास्थ्यविज्ञहरुको आरोप छ । अहिले ग्रामीण भेगमा समेत कोरोना संक्रमण देखिएकाले जोखिम कायम रहेको जनस्वास्थ्यविद् शरत वन्त बताउँछन् । उनका अनुसार, पहिचान भएका संक्रमितसँगै पहिचान नै नभएका संक्रमितहरु समुदायमा धेरै भएकाले त्रास कायमै छ ।

अब सरकारले निषेधाज्ञालाई नै संक्रमण घटाउने अस्त्रको रुपमा लिन हुँदैन । जनस्वास्थ्यका अभ्यासलाई कडाइका साथ लागू गरि अनुगमन गरेर बन्दाबन्दी खुकुलो पार्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङ, कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्ने.बताउदै उनले भनेका छन् संक्रमितलाई चाँडो पहिचान नगर्दा दोस्रो लहरको संक्रमण चक्रलाई रोक्न समस्या भएको हो ।