Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिटको अभियोगमा ज्वाला संग्रौला र अरु तीन पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक असई मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ । झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

पीडित पक्षकाले पनि कुटे संग्रौलालाई प्रहरी परिसर टेकुमा राखिएका वेला संग्रौलालाई पनि पीडितको तर्फबाट बताउने सुजन खत्री र सुमन चित्रकारले कुटपिट गरेका छन् । उनीहरुले आफूलाई युवा संघको कार्यकर्ता बताएका छन् ।पीडित खुश्बु पनि युवा संघकी नेतृ हुन् । काठमाडौं प्रहरीका अनुसार संग्रौलामाथि कुटपिट गर्नेलाई पनि पक्राउ गरिएको छ ।


सम्बन्धित समाचार