Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको भाउ २८ सय घट्यो

काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ ।

असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै असार १ गते प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २९५ रुपैयाँमा झरेको छ । एक गतेदेखि ६ दिनसम्म लगातार घटेको चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ । निषेधाज्ञाका कारण वैशाख १५ गतेदेखि बन्द रहेको सुनचाँदी व्यवसाय मंगलबारदेखि सञ्चालनमा आउँदैछ ।उपत्यकाको जिल्ला प्रशासन कार्यालयहरुले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल खोल्न दिने निर्णय गरेपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

विश्व बजारमा सुनको भाउ ओरालो लाग्ने क्रममा देखिएको पनि बज्राचार्यले बताए । खोपप्रति मानिसहरु विश्वस्त भएको देखिन्छ, अवस्था पुरानै लयमा फर्कियो भने सुनको भाउ तोलामा ८० देखि ९० हजारको बीचमा मात्रै रहने अवस्था आउँछ,’ महासचिव बज्राचार्यले भने ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल